पश्चिमी वायुको प्रभावले देशको पहाडी भू भागका केही स्थानमा हल्का वर्षाको सम्भावना


लेखक : सुन्दराञ्चल      माघ ५, २०७८ मा प्रकाशित     
पश्चिमी वायुको प्रभावले देशको पहाडी भू भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

धनगढी माध ५ पश्चिमी वायुको प्रभावले देशको पहाडी भू भागका केही स्थाmausamनमा हल्का वर्षाको सम्भावना रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको हो ।

आज दिउँसोको मौसम आंशिक मात्रै बद्ली भए पनि राति भने हल्का पानी पर्ने मौसमविद् मन्जु बासीले बताइन् । प्रदेश १ र मधेश प्रदेशलगायत पहाडी भू भागमा मौसम आंशिक बदली रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागिरहेको छ ।

राति देशको पहाडी भू भागलगायत लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली रहने छ।कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू९भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

गोदावरी न्युज 

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap