परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव


लेखक : सुन्दराञ्चल      साउन १८, २०७८ मा प्रकाशित     
परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ । कोभिड(१९ संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले कक्षा १२ सहित विश्वविद्यालयका सबै परीक्षा कार्यक्रम स्थगित गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेकोबताएको छ। सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षा सम्बन्धी सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेका हुन्।
परीक्षा स्थगित गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न सकिने विकल्प सुझाउँदै राज्यमन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयलाई यस्तो आग्रह गरेका हुन् । ‘हामीले शिक्षा मन्त्रालयलाई औपचारिक जानकारी गराउने तयारी गरेका छौं’ उनले भने। कक्षा १२ को परीक्षाका लागि साउन ३१ भदौ ९ गतेसम्म हुने भनी तालिका पनि सार्वजनिक भइसकेको छ। यसअघि पनि जेठ २६ गते तय भएको कक्षा १२ को परीक्षा दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो।त्यस्तै त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरको तेस्रो सेमेस्टरको परिक्षा समेत यही २० गतेबाट हुने भनिएको थियो। स्वास्थ्य मन्त्रालयले परीक्षासम्बन्धी कार्यक्रम स्थगित गर्न सुझाव दिएपछि परीक्षा स्थगित गर्ने वा नगर्ने भन्ने बिषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap