परीक्षाका लागि प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप लगाइने


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
परीक्षाका लागि प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप लगाइने

अत्तरिया – प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन लागिएको छ । १८ वर्ष उमेर पूरा भएका विद्यार्थी र ४० वर्ष वा सो भन्दा माथि उमेर समूहका अन्य व्यक्तिलाई आज देखि कोरोना विरुद्धको पहिलो मात्रा दिन लागेको हो ।

उनीहरुलाई चिनियाँ कम्पनीको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो ।

१८ वर्षभन्दा माथिका प्लस टु अध्ययनरत र विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताइएको छ ।

खोप लगाउन परीक्षाको प्रवेशपत्र र उमेर खुल्ने कागजात देखाउनु पर्ने छ । यो खोप लगाउने अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सन्चालन हुने छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap