परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण

धनगढी१७ भाद्र । सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा ८७ नमूनाको कोरोना परिक्षण गर्दा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् भने एक जना अस्पतालमा भर्ना भएका छन् । हाल अस्पतालमा ११ जना कोरोना संक्रमित उपचारत रहेका छन् । जसमध्ये २ जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap