परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, राष्ट्रपतिलाई पठाइयो पत्र


लेखक : सुन्दराञ्चल      अशोज ६, २०७८ मा प्रकाशित     
परराष्ट्रमन्त्रीमा खड्का नियुक्त, राष्ट्रपतिलाई पठाइयो पत्र

६ असोज, काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बााकी रहेको उनले बताए । समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap