परम्परादेखि सञ्चालनमा आएका ग्रामीण क्षेत्रका पानीघट्ट लोप हुँदै


लेखक : सुन्दराञ्चल      मंसिर ७, २०८१ मा प्रकाशित     
परम्परादेखि सञ्चालनमा आएका ग्रामीण क्षेत्रका पानीघट्ट लोप हुँदै

बाजुरा-मङि्सर ०७,  बाजुरामा परम्परादेखि सञ्चालन हुँदै आएका ग्रामीण क्षेत्रका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएका छन् । यहाँका गाउँबस्ती विद्युत्को पहुँचमा आएसँगै मिलको बढ्दो प्रयोग हुन थालेपछि ग्रामीण क्षेत्रका खोलामा पहिला सञ्चालन हुँदै आएका पानीघट्ट बिस्तारै लोप हुँदै गएका हुन् । गाउँमा आधुनिक विद्युतीय मिल सञ्चालन भएपछि यहाँ सञ्चालन भएका पानीघट्ट बिस्तारै लोप हुन थालेको बुढीगङ्गा नगरपालिका स्थानीय महिला कमला नेपालीले बताइन् ।

उनले भनिन्, “पहिला यहाँका खोलामा चल्ने गरेका पानीघट्टमा मकै, गहुँ, कोदो, चामललगायतका खाद्यान्न पिसेर दैनिक गुजारा चलाउँदै आएका थियौँ । हामी जस्ता गरिबलाई यसले जीविकोपार्जन गर्न निकै सहज बनाएको थियो ।”

अहिले यहाँका सबै गाउँबस्ती विद्युतको पहुँच भएसँगै हुनेखानेले त्यसबाट मिल सञ्चालन गरेपछि यहाँका स्थानीयले त्यसैमा अन्न पिस्ने गरेकाले पानीघट्ट बिस्तारै लोप हुन थालेका हुन् । जसका कारण हाम्रो यो व्यवसाय मात्र लोप नभएर पहिलाको संस्कार र संस्कृतिसमेत हराउँदै गएको नेपालीले बताइन् । अहिलेको मिलभन्दा पहिला खोलामा सञ्चालन हुने गरेका पानीघट्टको पिठो निकै राम्रो र स्वादिलो हुन्थ्यो । त्यो पिठोबाट बनाएको रोटी, सेलपुरीलगायतका सामग्री पनि राम्रा हुन्थे । “खान पनि सहज हुन्थ्यो,” उनले भनिन्, “अहिले मिलमा पिसेको पिठो खस्रो र दलिएको हुन्छ । त्यसको रोटी पनि राम्रो हुँदैन र पिठो पनि फारु (धेरै टिक्दैन) हुँदैन । धेरै खर्चिलोसमेत हुन्छ ।”

पानीघट्टमा अन्न पिस्न जाँदा पिसेबापत पिठो दिए दिने चलन थियो । अहिले मिलमा पैसा लिने गर्दछन् । पैसा नहुनेका लागि यो निकै समस्या भएको नेपालीले बताइन् । पहिलाका पानीघट्ट गाउँदेखि एकदेखि दुई घण्टाको दुरीमा हुन्थे । अहिलेका विद्युत्बाट सञ्चालन भएका मिल गाउँमै सञ्चालन भएका छन् । अहिलेका नयाँ पुस्ता टाढा जान अल्छी गर्नाले पनि गाउँका मिल बढी प्रयोग हुने गरेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । गोरखापत्रबाट

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap