पत्रकार महासघं कैलालीको टिमलाई कैलाली उद्योग बाणिज्य सघंको सम्मान


लेखक : सुन्दराञ्चल      पुस १, २०८१ मा प्रकाशित     
पत्रकार महासघं कैलालीको टिमलाई कैलाली उद्योग बाणिज्य सघंको सम्मान

 पुष १,: नवनिर्वाचित पत्रकार महासघं कैलालीका अध्यक्ष सहित कार्यसमितिलाई कैलाली उद्योग बाणिज्य सघंले बधाई सहित सम्मान गरेको छ । आइतबार सुदूरपश्चिम महोत्सवमा निमन्त्रणा गर्दै उद्योग बाणिज्य सघं कैलालीलाई नवनिर्वाचित अध्यक्ष श्रवण देउवा सहित टिमलाई सम्मान गरेको हो । कैलाली उद्योग बाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवर तथा महासचिव ओम बिष्ट सहितको टिमले नवनिर्वाचित महासघंको टिमलाई सम्मानपत्र सहित सम्मान गरेको हो ।
उद्योग बाणिज्य सघंबाट सम्मान पश्चात नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले धन्यवाद ब्यक्त गरेका छन् । लोकतन्त्र र संविधानको रक्षाका लागी पत्रकार महासघं सधैँ कटिबद्ध रहेको बताउँदै देउवाले यहाँको औधोगिक तथा पर्यटनको बिकासका लागी कैलाली उद्योग बाणिज्य सघं सगं सहकार्य रहने विश्वास ब्यक्त गरे ।

मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा बिराज रोश्यारा, महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए ।
खुला सदस्यमा बालकृष्ण ओझा कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, वीरेन्द्र शाह, लोकु सिंह ठकुरी र चन्द्र प्रसाद खनाल विजयी भएका थिए । यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap