बाजुरा माघ १२ – जिल्लाको त्रिवेणी नगरपालिकामा ६ वडाध्यक्ष र तीन कार्यपालिका सदस्य सहित ९ जनाले मंगलबार ताला लगाएका छन् ।
नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले कार्यपालिका संचालनमा मनोमानी गर्दै आएको आरोप सहित नगरपालिकामा ताला लगाएका हुन् ।
नगर प्रमुख रावलले कार्यपालिकाको बैठक एकलौटी गरेको र नगरका हरेक कार्यमा आफु निकटका कायृपालिका सदस्यको बहुमत पु¥याउदै पाँच वडाध्यक्षलाई लत्याएर निर्णय गर्दै आएकाले सच्चिनका लागि नगरपालिकामा ताला लगाएको सोही नगरपालिका–९ का वडाध्यक्ष बीरबहादुर विष्टले बताएका छन् ।
वडाध्यक्ष बीरबहादुर विष्टकाअनुसार अनुसार नगरपालिकाको माघ १० गते विहान बोलाएको कार्यपालिकाको बैठकमा नगर प्रमुख रावलले आफु निकटका कार्यपालिका सदस्य अघिल्लो राति बोलाएर बैठक सकेको र सो बैठकको निर्णय माग्दा समेत नदिएकाले पाँच जना वडाध्यक्षको सहमतीमा ताला लगाएको बताएका छन् ।
नगरपालिकामा नगर प्रमुख रावललाई पालिकाको हरेक बैठक देखि अन्य कार्यमा एकलौटी रुपमा काम गर्दै आएको सो कार्य नगर्न पटक÷पटक सुझाव दिदा पनि कुनै सुनुवाई नभएपछि ताला लगाउन बाध्य भएको वडाध्यक्ष विष्टको जानकारी दिएका छन्।
वडाध्यक्ष र कार्यपालिका सहित ९ जनाले प्रेस विज्ञप्ती जारी गर्दै नगर प्रमुख रावलले गरेका गतिविधी नसच्याइएसम्म नगरपालिकाको ताला नखोल्ने जनाएको छ ।
विज्ञप्तीमा नगरपालिकाबाट भएका निर्णयहरु माग गर्दा पनि सूचनाको हकबाट वञ्चित गरेको,विज्ञापन र सूचना सार्वजनिक नगरी मनोमानी रुपमा कर्मचारी भर्ना र भर्ना गरिएका कर्मचारीलाई आफुलाई सहयोग नगरेको आरोपमा हटाउने गरेको लगायतका माग उल्लेख गरिएको छ ।
नगरपालिकामा तालाबन्दीपछि सोही नगरपालिका–९ का वडाध्यक्ष बीरबहादुर विष्ट,वडा नं ७ का वडाध्यक्ष प्रेमबहादुर थापा, वडा नम्वर २ का वडाध्यक्ष प्रभुराज जोशी, वडा नम्वर १ का वडाध्यक्ष मनराज बुढा,वडा नम्वर ५ का वडाध्यक्ष गम्भीर बुढा, र वडा नम्वर ६ का वडाध्यक्ष खडकबहादुर बुढाले लगायत कार्यपालिका सदस्यले हस्ताक्षर गरेको विज्ञप्ती निकालिएको छ ।
मंगलबार ९ जनाले जनप्रतिनिधीले लगाएको ताला एक घण्टामा सहमती विना नै ताला तोडिएको छ । ९ जना जनप्रतिनिधीहरुले राखेका मागहरुको कुनै सुनुवाई नभई ताला खोलिएको वडाध्यक्ष गम्भीर बुढाले बताएका छन् ।
यता नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले असारमा केही काम सकेको बताए ।
वडाध्यक्षहरुले ९ वटै वडामा ५० लाख रुपैया माग गर्दा बजेट नभएकाले नगरबाट वडाका लागि उक्त रकम नदिएको आक्रोशमा आफु माथि लगाइएका आरोप गलत रहेको नगर प्रमुख रावलले बताएका छन् ।
नगर सभाबाट विनियोजन गरिएको बजेट मध्येबाट एक करोड रकम बाड्न बाकी रहेको र सो रकम ९ वटै वडालाई नपुग्ने हुँदा नगरमा नै राखेकाले नगर प्रमुख रावलले बताएका छ् ।
रावलले नगरपालिकामा ताला लगाएको विषयमा जानकारी नभएको बताए । विधी र नियमसंग मात्र नगरपालिकामा ताला लगाउनु पर्नेमा एकाएक ताला लगाउनु गलत भएकोनगर प्रमुख रावल बताएका छन् ।
ताला लगाउने ९ जनाको अनुकुल नभएको भन्दै आरोप लगाउनु उचित नहुनेमा नगर प्रमुख रावलको दाबी छ । पार्टीको अधिवेशनबाट पराजित भएको आक्रोशमा प्रतिशोध लिन खोज्नु आफैमा कमजोरी हुनेमा जिकिर गरेका छन् ।
आफु आन्तरिक छलफल गर्न तयार रहेको र। कम्युनिष्टको सहारामा चल्नु अनुचितनरहने ेनगर प्रमुख रावलले बताएका छन् ।