पटकपटक भारत भ्रमणको एजेण्डा माग्दा प्रधानमन्त्री मौन किन ,


लेखक : सुन्दराञ्चल      चैत्र १७, २०७८ मा प्रकाशित     
पटकपटक  भारत भ्रमणको एजेण्डा माग्दा प्रधानमन्त्री मौन किन ,

काठमाडौं    १७ चैत, । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो ।

चुनावी तालेमलबारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गरेका थिए ।

तर पटकपटक एजेण्डाबारे सोध्दा पनि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा मौन बसेको एक नेताले बताए ।

त्यसपछि सत्तारुढ दलका नेताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूभागबारे नेपालको मत राख्न सुझाएका छन् । प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्याबारे पनि भारतीय पक्षसँग सम्वाद गर्न नेताहरुले सुझाएका छन् ।

बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दलहरुले दुई देशको सम्बन्धलाई कसरी सुदृढ बनाउने भनेर सुझाव दिएको बताए ।

नेपाल र भारतबीच सरकार र सरकारको बीचमा मात्र नभई जनस्तरमा पनि सम्बन्ध रहेको भन्दै उनले भने, ‘त्यसलाई प्रगाढ बनाउने र हाम्रा विचमा देखिएका समस्याहरुलाई उच्च स्तरको राजनीतिक र कूटनीतिक माध्यमबाट हल गरेर दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन यो भ्रमण सफल हुनेछ भन्ने विश्वास लिएका छौं ।’ अनलाइनखबर 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap