पञ्चाङ्ग निर्णायक समितिले बजारमा छ्यापछ्याप्ती प्रकाशित भएका नक्कली पात्रोहरुलाइ आधिकारिक नमान्न आग्रह


लेखक : सुन्दराञ्चल      माघ ४, २०७८ मा प्रकाशित     
पञ्चाङ्ग निर्णायक समितिले बजारमा छ्यापछ्याप्ती प्रकाशित भएका नक्कली पात्रोहरुलाइ  आधिकारिक नमान्न आग्रह

काठमाडौं  माघ, ४ , । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी वर्ष २०७९ को चाडपर्व सहितको पात्रो तयार पारेको छ । समितिले विभिन्न १४ वटा पात्रोलाई तिथिमिति सहितको विवरण उपलब्ध गराएर माघ १५ गते बजारमा ल्याउन स्वीकृति समेत दिइसकेको छ ।

समितिले तयार पारेको पात्रो अनुसार २०७९ सालको दशैंको टीका असोज १९ गते परेको छ । समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलका अनुसार भदौ २६ गतेबाट असोज ९ गतेसम्म सोह्र श्राद्ध, असोज १० गते घटस्थापना, १६ गते फूलपाती, १७ गते महाष्टमी, १८ गते महानवमी र असोज १९ गते विजयादशमी परेको छ ।

त्यस्तै, कात्तिक १० गते भाइटीका परेको छ । ढुंगेलका अनुसार कात्तिक ६ गते कागतिहार, ७ गते कुकुरतिहार र लक्ष्मीपूजा परेको छ । कात्तिक ८ गते गाईपूजा छ भने सोही दिन सूर्य ग्रहण पनि लाग्नेछ । कात्तिक ९ गते गोबर्द्धन, म्ह पूजा र १० गते भाइटीकाको साइत जुरेको छ ।

विवाह र ब्रतबन्धको लगनैलगन

आगामी आर्थिक वर्षमा विवाह र ब्रतबन्धको लगनैलगन जुरेको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आगामी वर्ष विवाहका ५६ वटा लगन जुरेको छ । जबकि २०७८ सालमा जम्मा ३१ वटा मात्रै लगन जुरेको थियो । वैशाख र जेठ महिनामा त एकदिन बिराएर विवाहको लगन जुरेको ढुंगेल बताउँछन् । उनका अनुसार वैशाखमा मात्रै विवाहको १७ वटा लगन जुरेको छ । त्यस्तै, जेठमा ११ दिन, असारमा ५ दिन, मंसिरमा ८ दिन, माघमा ६ दिन, फागुनमा ९ दिन विवाहको लगन छ ।

त्यस्तै, व्रतबन्धको लगन पनि कुनै महिना खाली छैन । वैशाखमा व्रतबन्धको दुईवटा लगन छ । त्यस्तै, जेठमा २, असारमा २, मंसिरमा २, माघमा २, फागुनमा २ र चैतमा एक दिन ब्रतबन्धको लागि लगन रहेको समितिले जनाएको छ ।

बजारका नक्कली पात्रोको भर नपर्न आग्रह

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बजारमा छ्यापछ्याप्ती प्रकाशित भएका नक्कली पात्रोहरुले भ्रम छर्ने काम गरेको भन्दै त्यसमा लेखिएका तिथि र पर्वलाई आधिकारिक नमान्न आग्रह गरेको छ । समितिका सदस्य सचिव ढुंगेलले त्यस्ता पात्रोमा ब्रतबन्ध र विवाहको लग्न एवं तिथि समेत गल्ती भेटिएको र उनीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइसकिएको भन्दै त्यस्ता पात्रोको भर नपर्न सबैमा आग्रह गरेको हो ।

ढुंगेलका अनुसार आगामी वर्षको लागि समितिले १४ वटा पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ । तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला,  तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र  खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रोलाई स्वीकृति दिने निर्णय गरिएको हो ।

पहिले मन्त्रालयको एक शाखाको रुपमा रहेको पञ्चांग निर्णायक समिति गठन आदेश मोडलमा गएपछि नक्कली पात्रोलाई नियन्त्रण गर्ने नीति समितिले लिएको छ । गठन आदेश २०७७ को दफा ७ को उपदफा ञ र ठ अनुसार समितिको स्वीकृतिविना पञ्चाङ्ग तथा क्यालेण्डर प्रकाशन गर्न नपाइने उल्लेख भएकाले सो विपरीत प्रकाशित भएका सबै पात्रो र त्यसको प्रकाशक विरुद्ध कानूनी कारबाही अघि बढाइएको समितिले जनाएको छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap