पछिल्लो २४ घण्टामा ३२९ नमूनाको कोरोना परिक्षण गर्दा १९९ संक्रमित


लेखक : सुन्दराञ्चल      माघ ४, २०७८ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा ३२९ नमूनाको कोरोना परिक्षण गर्दा १९९ संक्रमित

धनगढी, माघ४। धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एकैदिन १९९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३२९ नमूनाको कोरोना परिक्षण गर्दा १९९ संक्रमित थपिएका हुन् ।

सेतीमा सोमबार १५६ नमूनाको कारोना जाँच गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।

पछिल्लो केही दिन यता सेतीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने संक्रमण दर पनि उकालो लागेको अधिकारी श्रेष्ठ बताए । सोमबार संक्रमण दर ५७ प्रतिशत रहेकोमा आज ६० प्रतिशत पुगेको छ ।

अस्पतालका सूचना अधिकारी श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन भने २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल सेतीमा १८ कोरोना संक्रमित उपचाररत रहेका छन् । जसमध्ये ३ जनाको आइसियु र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap