पछिल्लो २४ घण्टामा देशभर १,५६२ जनामा कोरोना संक्रमण पुष्टि: थप १९ जना संक्रमितको मृत्यु


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७८ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा देशभर १,५६२ जनामा कोरोना संक्रमण पुष्टि: थप १९ जना संक्रमितको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर एक हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ४४३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ५६२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार  १० हजार २६६ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १८०  र चार हजार १७७ जनाको एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो। आज देशभर एक हजार ५८९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा १९  जना संक्रमितको मृत्यु भएको छ।

देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये २४ हजार ६९० होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ५१२ संक्रमित छन् भने  ४५३ जना आइसियुमा र १३७ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २२३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap