पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२,


लेखक : सुन्दराञ्चल      साउन २३, २०७९ मा प्रकाशित     
पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२,

काठमाडौं साउन २३, । काठमाडौं उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको हो ।

मन्त्रालयका अनुसार ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल तीन जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

पहिलो पटक असार २ गते बागबजारका दुई जनामा हैजा देखिएको थियो । त्यसपछि डिल्लीबजार, सानेपा, कपन, बोहराटार, गोकर्णेश्वर, कागेश्वरी मनहरा, बुढानीलकण्ठ, ढल्कु, टेकु, त्रिपुरेश्वर र ताहाचलमा लगायतका स्थानमा हैजाका संक्रमित भेटिएका छन् ।

हैजा संक्रमितमध्ये १४ वर्षमुनिका ६ जना बालबालिका, ३६ जना १५ वर्षमाथिका रहेका मन्त्रालयको तथ्यांक छ । चिकित्सकका अनुसार हैजा अर्थात् कोलेरा भिब्रिओ कोलरी नामक जीवाणुको संक्रमणका कारण हुन्छ । हैजाको प्रमुख कारण पिउने पानी र खानेकुरा नै मानिन्छ ।

सामान्यतया झाडा पखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन् । हैजा संक्रमण भएको एक घन्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।

अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने हैजाका लक्षण हुन् । गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्ने चिकित्सक बताउँछन् ।

हैजाको संक्रमणबाट सरसफाइमा ध्यान दिने, दिशा गरेपछि हातखुट्टा साबुन पानीले राम्ररी धुने, पानी उमालेर पिउने तथा काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खाने बानी बसालेमा बच्न सकिने चिकित्सकको सुझाव छ ।अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap