काठमाडौं १८ । न्युयोर्कमा बाढीले बगाउँदा सोलुखुम्बुका तीन जनाको मृत्यु भएको छ। सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका-२ जुनवेशीका आङ गेलु लामा उनका श्रीमती मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामाको बाढीले बगाएर मृत्यु भएको युनाईटेड शेर्पा एसोसियसनले जनाएको छ। उनीहरू अमेरिकाको न्युयोर्कमा बस्दै आएका थिए।
बिहीबार आएको सामुद्रिक आँधीमा परेर तीनजना नेपालीको पनि मृत्यु भएको हो। न्युयोर्क र न्युजर्सी राज्यमा अहिले सम्मकै सर्वाधिक वर्षा भएको जनाइएको छ।