न्यायको आशा जीवितै छ’‘तर जिल्ला अदालतले न्याय दिएन,


लेखक : सुन्दराञ्चल      भदौ २८, २०८० मा प्रकाशित     
न्यायको आशा जीवितै छ’‘तर जिल्ला अदालतले न्याय दिएन,

२७ भदौ, सिद्धबाबा भनिने कृष्णबहादुर गिरीबाट बलात्कृत भएको बताएकी पीडित महिलाले जिल्ला अदालतको फैसलाबाट न्याय नपाएको बताएकी छन् ।

उनले न्यायका लागि माथिल्लो तहको अदालतबाट आशा रहेको बताएकी छन् । बुधबार जिल्ला अदालत सुनसरीमा न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले बलात्कार मुद्दामा गिरीलाई सफाइ दिएको थियो ।

‘ऊसँग विश्वका धनाढ्य व्यक्तिदेखि राज्यका निकायहरु थिए’, पीडित महिलाले भनिन्, ‘मसँग वकिललाई दिने फी पनि भएन ।’ बुधबार जिल्ला अदालतमा मुद्दाको पेशी तोकिँदा सरकारी वकिलबाहेक पीडितको तर्फबाट बहस गरिरहेका कानुन व्यवसायीहरु अदालत पुग्न पाएनन् ।

‘तीन/चार हप्तादेखि पेसी सरिरहेको थियो, हिजो पनि सार्छन् भनेर बसेका थियौं, तर सार्दै नसारी (फैसला) गरिहालेछन् । बहसका लागि वकिलहरु तयार हुनुहुन्थ्यो, तर बुधबार छुट्टी हुने हल्ला थियो, बिदाको हल्लाले हाम्रो दुई जना वकिल बहस गर्न जान पाउनुभएन’, उनले भनिन् ।

यो फैसलाले नेपालमा पहुँचवालालाई कानुन नलाग्ने रहेछ भन्ने मान्यता स्थापित भएको उनले बताइन् । ‘उसले अदालतबाट सफाइ पाएको सुन्दा न्याय पाउने आश गर्नु नै बेकार रहेछ कि जस्तो लागिरहेको छ । हिजो धर्मको नाम जोडेर मलाई बदनाम गर्न खोजे, प्रभावमा पनि पार्न खोजे । संवेदनशील मुद्दामा फैसला गर्न यत्रो वर्ष लगाइदिए’, पीडित महिलाले भनिन् ।

गिरीमाथि सुनसरीको चतरास्थित आश्रममा काठमाडौंबाट आएकी महिला अनुयायीमाथि २०७६ कात्तिक ३ गते राति बलात्कार गरेको आरोप छ । पीडित महिलाले ११ मंसिर २०७६ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा गिरीविरुद्ध जाहेरी दिएकी थिइन् ।

सुरुमा जाहेरी दर्ता गर्न आनाकानी गरेको प्रहरीले ढिला गरी गिरीलाई पक्राउ गर्‍यो, गिरीले हिरासत अवधि विराट नर्सिङ होममा बसेर कटाएका थिए । जिल्ला सरकारी वकिल कार्यालय सुनसरीले दायर गरेको मुद्दामा १४ फागुन २०७६ मा जिल्ला अदालतमा न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।

तर ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालिन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न अदेश दिएको थियो ।

आदेशकै दिन भारत गएका उनी २० फागुन २०७६ फर्किएपछि कारागार चलान भएका थिए । २२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । त्यसपछि गिरी रिहा भएका थिए ।

३ जेठ २०७९ मा उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले जवरजस्ती करणी मुद्दामा सफाइ दिने जिल्लाको फैसलामा गम्भीर त्रुटि देखाउँदै पुन प्रमाण बुझेर न्याय निरुपण गर्न आदेश दिएको थियो ।

उच्चको आदेशपछि मुद्दा जिल्लामै फर्किएको मुद्दा जिल्लामा २०७९ असार १४ गते पुनः मुद्दा दर्ता भएको थियो । पुनः दर्ता भएको मुद्दा अदालतले दाबी नपुग्ने ठहर गरेको हो ।

चार वर्षसँग अनेक तनाव सहेर न्याय पाउने आश गरेको तर जिल्ला अदालतले न्याय नदिएको पीडित महिलाले बताइन् । ‘उच्च अदालत छ, नभए सर्वाेच्च अदालत छ । न्याय पाउने आश अझै जीवितै छ’, उनले भनिन् ।

बलात्कार आरोप सम्बन्धी मुद्दा विचाराधीन हुँदा सिद्धबाबा धार्मिक गतिविधिमा हिँडिरहेका छन् । हरि अधिकारी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap