नेपाल समूहका नेता जगन्नाथ खतिवडा भन्छन् : नेकपा एमाले समाजवादी आजै दर्ता गर्छौं


लेखक : सुन्दराञ्चल      भदौ २, २०७८ मा प्रकाशित     
नेपाल समूहका नेता जगन्नाथ खतिवडा भन्छन् : नेकपा एमाले समाजवादी आजै दर्ता गर्छौं

२ भदौ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी गरेको छ । सरकारको सिफारिसमा संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि नेपाल समूहले दल दर्ताको तयारी गरेको छ ।

अहिले नेपाल समूहका नेताहरु बानेश्वरस्थित अर्याल होटलमा छलफलमा छन् । त्यहाँ उपस्थित नेपाल समूहका नेता जगन्नाथ खतिवडाका अनुसार बुधबार नै नयाँ दल दर्ता गर्ने तयारी छ ।

नयाँ दलको नाम नेकपा एमाले समाजवादी राखिनेछ भने चुनाव चिन्ह खुला किताब प्रस्ताव गरिने उनले बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap