नेपाल विधार्थी संघ धनगढी उपमहानगरपालिकाको संयोजक र सहसंयोजक मनोनित भएकाछन् । नेपाल विद्यार्थी संघको २०७७ छैठौ संसोधन २०७५ बमोजिम यी रिक्त रहेका पद पुर्ति गर्नु पर्ने भएकोले संयोजक दिपेश बोहरा , सहसंयोजक रविन्द्र खड्का ,सह संयोजक पुरन थापालाई मनोनित गरिएको नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनिस कुँवरले बताए । नेपाल विधार्थी संघको विधि विधान र मर्यादा भित्र रहेर संघलाई गतिशिल र चलायमान बनाउन उहाँहरुको ठुलो सहयोग पुग्ने विश्वास समेत संघले लिएको अध्यक्ष कुँवरले बताए । मनोनित बोहरा ,खण्का ,र थापा निर्वाचन लगाएतकाबेला नेपाली कांग्रेस पार्टी र संगठनकालागि लामो समय देखि काम गर्दै आईरहेकाछन् ।