नेपाल वितरक महासंघको १४औं वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु


लेखक : सुन्दराञ्चल      बैशाख ११, २०८३ मा प्रकाशित     
नेपाल वितरक महासंघको १४औं वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु

नेपाल वितरक महासंघको १४औं वार्षिक साधारण सभा सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सुरु भएको छ । धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघका अध्यक्ष दुर्गा गौतमले साधारण सुदुरपश्चिम प्रदेशमा गर्न लागेको जानकारी दिए । उनका अनुसार सभाको उद्घाटन सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले गर्नु भएकाछन् । आज शुक्रबार कार्यक्रम सुरु भएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन र देशभरका वितरकबीचको एकता मजबुत बनाउने उद्देश्यले धनगढीमा साधारण सभा आयोजना गरिएको हो, अध्यक्ष गौतमले भने । २०६६ सालमा स्थापना भएको महासंघ दैनिक उपभोग्य वस्तु द्रुत गतिमा बिक्री हुने उपभोक्ता वस्तुहरू ९एफएमसीजी०को वितरण गर्ने जिल्ला वितरक संघहरुको छाता संगठन हो । १७ वर्षको अवधिमा महासंघ ४५ जिल्लामा विस्तार भइसकेको छ ।
महासंघले २०७२ सालको महाभूकम्प, २०७६ सालको कोभिड महामारी र २०८० सालको जाजरकोट भूकम्पको समयमा जोखिम मोलेरै अति आवश्यक वस्तुको आपूर्ति व्यवस्था चालु राखेको अध्यक्ष गौतमले स्मरण गरे । हामी नाफामुखि भन्दा पनि जिम्मेवारी लिएर आपूर्ति व्यवस्थापनको पुलको रुपमा काम गर्ने व्यवसायी हौं, उनले भने ।
पत्रकार सम्मेलनमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य अत्यधिक बढ्दा ढुवानी लागत महँगो भएको र हरेक पसलसम्म सामान पुर्याउन चुनौती थपिएको अध्यक्ष गौतमले जानकारी दिए । साधारण सभामा देशभरका ४५ जिल्लाका ३०० बढी वितरक प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनमा कोषाअध्यक्ष तथा कार्यक्रम संयोजक मदनराज न्यौपाने, नि वर्तामान अध्यक्ष हरी राज पन्त ,राज कुमार श्रेष्ट, लगाएतको उपस्थिति रहेको थियो । नेपाल भरीबाट वितरक महासंघका पदाधिकारीहरु धनगढीमा आई पुगेकाछन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap