नेपाल र ठाकुरले पार्टीको नयाँ नाम राख्ने थप सामग्री


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
नेपाल र ठाकुरले पार्टीको नयाँ नाम राख्ने थप सामग्री

नेकपा (एमाले समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपा (लोकतान्त्रिक)का अध्यक्ष महन्थ ठाकुरले पार्टीको नयाँ नाम राख्ने भएका छन्।

सरकारले अध्यादेश ल्याएपछि नेकपा (एमाले) लाई विभाजन गरेर नेपालले एमाले समाजवादी र जसपालाई विभाजन गरेर ठाकुरले जसपा (लोकतान्त्रिक) पार्टी गठन गरेका थिए। उनीहरूले २ भदौमा पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

दुवै पार्टीको नाम एमाले र जसपासँग मिल्दोजुल्दो भएकाले अर्को नाम दिन निर्वाचन आयोगले सूचना दिएको थियो। “हामीले दुवै पार्टीका नेताहरूलाई बोलाएर यो नाम मिल्दोजुल्दो भयो। नयाँ नाम दिनुस् भनेका छौं,” आयोग स्रोतले हिमालखबरलाई भन्यो।

शुक्रबार निर्वाचन आयोग पुगेका दुवै पार्टीका नेता नयाँ नाम दिन सहमत भएका हुन्। अदालतमा मुद्दा मामिला हुनुभन्दा अहिले नै नयाँ नाम दिन उनीहरू तयार भएको आयोग स्रोतले बतायो।

जसपा (लोकतान्त्रिक)का नेता वृषेशचन्द्र लाल आयोगले नयाँ नाम दिन जानकारी दिएको बताए। “निर्वाचन आयोगले नयाँ नाम दिनुस् भनेको छ। हामी नयाँ नाम दिने तयारीमा छौं,” लालले हिमालखबरसँग भने।

नेपाल र ठाकुर पक्षले आजै वा आइतबारसम्म नयाँ नाम दिने भएका छन्। त्यहिअनुसार, आयोगले नयाँ दल दर्ता गर्ने भएको छ।

अहिले आयोगले दुवै दल दर्ता प्रक्रिया भने अघि बढाइसकेको छ। एक-डेढ साताभित्रै दर्ता प्रक्रिया टुंग्याउने आयोगको तयारी छ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap