नेपाल फर्काइदिन सरकारसँग गुहार,कुवेतमा बिरामी परेकी बाजुराकी मनपुरा मल्लको उद्धारको अपिल,


लेखक : सुन्दराञ्चल      बैशाख २०, २०८२ मा प्रकाशित     
नेपाल फर्काइदिन सरकारसँग गुहार,कुवेतमा बिरामी परेकी बाजुराकी मनपुरा मल्लको उद्धारको अपिल,

वैशाख २०,धन कमाउने सपना बोकेर कुवेत पुगेकी बाजुराको हिमाली गाउँपालिका–४, फैतीकी मनपुरा मल्ल अहिले जीवन र मृत्युको दोसाँधमा छिन्।

दुई वर्षअघि वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी मल्ल हाल गम्भीर बिरामी परेपछि उपचारविना बेसाहारा बनेकी छिन्। आफन्त कोही नभएको र आर्थिक अवस्था निकै कमजोर भएपछि उनले सामाजिक सञ्जालमार्फत नेपाल सरकार र सहयोगी मनहरूलाई उद्धारका लागि भावुक अपील गर्दै आएकी छिन्।

मैले कम्पनीको काम छोडेको पनि एक महिना भयो। सँगै पैसा छैन, न त मलाई सहयोग गर्ने कोही आफन्त नै छन्। बिरानो देशमा मर्नुभन्दा नेपालमै मर्न चाहन्छु, त्यसैले मलाई उद्धार गरिदिन सबैमा आग्रह गरेकी हुँ,मनपुरा मल्लले सामाजिक सञ्जालमा मार्मिक भावनासहित भनेकी छिन्।

दुई महिनादेखि बिरामी परेकी मल्लको उपचारका लागि आवश्यक सहयोग नपाउँदा अवस्था झनै नाजुक बन्दै गएको छ।काम गर्ने कम्पनीबाट समेत कुनै सहयोग नपाएपछि उनले कुनै विकल्प नभएर अन्ततः सामाजिक सञ्जालमा आफ्ना पीडा पोख्दै आएकी हुन्।धन कमाएर घरपरिवारलाई खुसी बनाउने चाहना थियो,मल्लले भनिन्, तर अहिले त आफूलाई बचाउन पनि गाह्रो भएको छ।

हालसम्म कुनै पनि निकाय वा व्यक्ति वा संस्थाबाट प्रत्यक्ष उद्धारको पहल नभएको भन्दै उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, कुवेतस्थित नेपाली दूतावास,र मानव अधिकार तथा प्रवासी श्रमिक अधिकारका लागि काम गर्ने संस्थाहरूसँग तत्काल उद्धारको माग गरेकी छिन्। यस घटनाले वैदेशिक रोजगारीमा गएकाहरूको सुरक्षाका लागि तत्कालीन उद्धार प्रणालीको आवश्यकतालाई पुनः स्मरण गराएको छ। मल्लजस्ता समस्यामा परेका नेपालीलाई तत्काल उद्धार गर्न राज्य र समाज दुवैको साझा प्रयास आवश्यक देखिन्छ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap