नेपाल (प्याब्सन)ले माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग


लेखक : सुन्दराञ्चल      माघ १३, २०७८ मा प्रकाशित     
नेपाल (प्याब्सन)ले  माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग

काठमाडौं माघ १३ निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल ९प्याब्सन०ले माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको छ । प्याब्सन केन्द्रीय कार्यसमितिले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई भेटेर कोरोना महामारीको परिस्थिति हेरेर माघ २३ गतेदेखि विद्यालय खोल्न दिन माग गरेको हो ।

खोप लगाइसकेका विद्यार्थीलाई आलो पालो प्रणालीमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न शिक्षामन्त्री पौडेललाई माग गरेको अध्यक्ष टीकाराम पुरीले रातोपाटीलाई बताए ।

उनले भने, ुसबै कुरा भइरहेको छ । अहिले शिक्षा क्षेत्रमा डेडलक छ । अब हामीले के गर्ने त रु १५ गतेसम्म बन्द भनेको छ । केही दिनअघि शिक्षा मन्त्रालयले २० गतेसम्म खोप अभियान चलाउने भनेको छ । ठीक छ । २० गतेपछि हामीले के गर्ने रु शिक्षा मन्त्रालयको सोच के छ भनेर सोध्यौं ।ु

खोप लगाइसकेको विद्यार्थीलाई आलो पालो प्रणालीमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने व्यवस्था गर्नको माग गरिएको उनको भनाइ छ । आउने सप्‍ताह १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई खोप दिनुपर्ने र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्न माग गरेको पुरीले बताए । यस्तै शिक्षक तथा कर्मचारीको लागि बुस्टर डोजको व्यवस्था गर्न मन्त्रीलाई अनुरोध गरेको पुरीले जनाकारी दिए ।

खुल्न थाले तनहुँका विद्यालय- गण्डकी - कान्तिपुर समाचार

शिक्षामन्त्री पौडेलले प्याब्सनसँगको सल्लाहमा खोप लगाइसकेपछि निर्णयमा पुग्ने बताएका थिए । ुशिक्षामन्त्रीले कोरोनाको परिस्थिति हेरेर निर्णयमा पुगौँला । पहिला खोप लगाउ । खोप लगाइसकेपछि कोरोनाको अवस्था हेरेर तपाईंहरुसँगको सल्लाहपछि निर्णय गरौंला भन्नुभयो, ु पुरीले भने ।

उनका अनुसार प्याब्सनको काठमाडौं, ललितपुर, भक्तपुर जिल्ला समिति तथा नगरसमितिहरु गरी १८ वटा कार्यसमितिले तीन वटै जिल्ला प्रशासन कार्यलयमा १० बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
पालिकाहरुमा भने भोलि ज्ञापनपत्र बुझाउने तयारी गरेको उनको भनाइ छ ।

यस्तै उनले शिक्षामन्त्रीसँग नेपाल शिक्षालाई कसरी सुधार गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए । ुनेपाल शिक्षालाई कसरी सुधार गर्ने भन्नेबारेमा करिब २ घण्टा छलफल भयो । सामुदायिक र निजी विद्यालयको गुणस्तर सुधार गर्न र समय सुहाउँदो बनाउन के गर्नुपर्छ भनेर सुझाव माग्नु भएको थियो । हामीले सुझाव दियौँ,ु उनले भने ।रातोपाटी

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap