लोकतन्त्रको प्राप्तिले खुलेर व्यापार व्यवसाय तथा संघ संगठन निर्माण गर्ने अवशर प्राप्त


लेखक : सुन्दराञ्चल      फाल्गुन १८, २०८१ मा प्रकाशित     
लोकतन्त्रको प्राप्तिले खुलेर व्यापार व्यवसाय तथा संघ संगठन निर्माण गर्ने अवशर प्राप्त

धनगढी १८सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खण्काले देशमा लोकतन्त्रको प्राप्तिले व्यवसायीहरुले खुलेर व्यापार व्यवसाय तथा संघ संगठन निर्माण गर्ने अवशर प्राप्त गर्न सकेको बताउनु भएको छ । उहाँले व्यापारी व्यवसायीहरु संगठनमा आवद्ध भएर व्यवसायीको हक हितमा काम गर्न सक्नु र आप्ना समस्याहरु सरकार समक्ष खुलेर राख्न सक्नहुनु नै लोकतन्त्रको ठुलो उपलव्धि भएको बताउनु भयो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको धनगढीमा शनिबार सम्पन्न संघको १६ औं वार्षिक साधारण सभा तथा ८ आठौं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री खण्काले यस्तो बताउनु भएको हो । उहाँले विगतको जस्तो समयमै पुस्तकहरु नपाउने जस्ता समस्या अन्त्य भई सकेको हात हातमा पुस्तक भएर पनि मानीसहरु पुस्तक पढ्नुको साटो सामाजिक सञ्जालमा बढी व्यस्त हुनेगरेको बताउनु भयो । यसैगरी संघको भेलाले अध्यक्षमा नर बहादुर नेगी सहित सम्पुर्ण कार्यसमिती निविरोध निर्वाचित गरेको छ । यसैगरि संघको बरिष्ठ उपाध्यक्षमा निम प्रसाद मिश्र, उपाध्यक्षमा बिबेकानन्द ठाकुर, सचिवमा कृष्ण प्रसाद पण्डित र कोषाध्यक्षमा घनश्याम ओझा निर्बिरोध चयन भएका छन । त्यस्तै संघको सदस्यहरुमा बासुदेव रेग्मी, गौबिन्द प्रसाद अवस्थि, अनिल झा, इशु आचार्य र पुष्पा ऐरी निर्वाचित भएको निर्वाचन अधिकृत मोहन बताउनु भयो । अध्यक्ष भिम पडालको अध्यक्षतामा भएको संघको साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap