नेपाल पठाइने ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव


लेखक : सुन्दराञ्चल      माघ ११, २०७८ मा प्रकाशित     
नेपाल पठाइने ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव

माघ ११ बार्सिलोना। ग्रिसमा अलपत्र परेका दुई नेपालीको शव अन्ततस् नेपाल पठाइने भएको छ । गैरआवासीय नेपाली संघ ९एनआरएनए०को सहयोगमा यथाशीघ्र नेपाल पठाउन लागिएको हो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष लोकप्रसाद दाहालका अनुसार ७ हजार २०० युरो संकलन गर्दै ग्रिस पठाइएको छ ।

टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर चार नेपालीको मृत्यु भएको थियो ।‘हामीले आवश्यक रकम एजेन्सीलाई बुझाइसकेका छौं’ सहकोषाध्यक्ष दाहालले भने, ‘ ग्रिसमा अहिले अत्याधिक हिउँ परिरहेको छ । यदि उडान प्रभावित नभएमा शनिबार ग्रिसबाट नेपाल पठाउने योजना छ।’

दुर्घटनामा मृत्यु भएका आमाछोदिङमो गाउँपालिका(३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका(५ तनहुँका ओम भनिने उमबहादुर थापामगरका परिवारजनले शव पठाउन सहयोगका लागि एनआरएनएलाई गुहारेका थिए ।

टर्कीसम्म श्रम स्वीकृत लिएर आएको भन्दै अन्य दुई जनाको खर्च भने श्रमिक कल्याणकारी कोषको रकमबाट नेपाल सरकारले ब्यहोरेको थियो । भीमेश्वर नगरपालिका(६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका(४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव बुधबारसम्म नेपाल पुग्ने नेपाली राजदूतावास भियानाले जनाएको छ ।

बाँकी दुईजनाको शव नेपाल पठाउन एनआरएनएले रकम संकलन कार्यको संयोजन गर्न सहकोषाध्यक्ष दाहाललाई जिम्मेवारी दिएको थियो । बेल्जियम निवासी व्यवसायीसमेत रहेका दाहालले ५०० युरो सहयोग घोषणा गर्दै रकम संकलन अभियान सुरु गरेका थिए ।

दाहालका अनुसार गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदबाट २ हजार डलर, एनआरएन वैदेशिक रोजगार कल्याणकारी कोषबाट २ हजार डलर, संघका सचिव गौरी जोशीमार्फत ५ सय डलर, आरके शर्मा ५ सय डलर,राज रेग्मी ५ सय डलर लगायतबाट सहयोगको प्रतिवद्वता आईसकेको छ। हालसम्म ६ हजार ९ सय २३ युरोको सहयोग प्रतिवद्वता आएको छ।

युरोपमा रहेका विभिन्न एनसीसीहरूमा पनि रकम संकलन भएको थियो । त्यसको सम्पूर्ण विवरण आउँन बाँकी नै रहेको दाहालले जानकारी दिए ।

ग्रिस नेपाल सोसाइटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले शव नेपाल पठाउने प्रक्रियामा समन्वय गरेका छन् ।

विगत २५ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेललाई शव नेपाल पठाउने प्रक्रियाका सहयोग गर्न भन्दै नेपाली राजदूतावास भियनाले अख्तियारी प्रदान गरेको थियो । अनलाइनखबर

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap