नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न एमालेका सांसदहरुको माग


लेखक : सुन्दराञ्चल      भदौ ३, २०७८ मा प्रकाशित     
नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न एमालेका सांसदहरुको माग

काठमाडौं । माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीबार सिंहदरवारमा सभामुख सापकोटालाई भेटेर नेकपा एमालेका सांसदहरुले नेकपा एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको माधव कुमार नेपाल पक्षका १४ जना सांसदलाई तत्काल कारबाही गर्न माग गरेको हो ।

सभामुख सापकोटालाई भेटेपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा एमालेका नेता विशाल भट्टराईले सभामुख सापकोटाले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको बताए । नेता भट्टराईले अरु दलका नेतालाई तत्काल कारबाही गरेपनि ७२ घण्टा बित्न लाग्दासमेत नेकपा एमालेले कारबाही गर्न पठाएका १४ जना नेताहरुलाई कारबाही गर्न विलम्ब गरिरहेको बताए । उनले विलम्ब गरेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि सूचना दिए त्यो गैरकानूनि, गैर संवैधानिक, वधनियत र नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत रहेको बताए ।

नेता भट्टराईले भने, “नेकपा एमालेको केन्द्रीय कमिटीले निर्णय गरेर नेपालको राजनीतिक दलसम्बन्धी ऐन र प्रतिनिधिसभा नियमावलीलाई फलो गरेर हामीले हाम्रो पार्टीको पटक पटक ह्वीप उल्लंघन गर्ने, अनुशासनको दायरा नाघ्ने र पार्टीको कुनैपनि अनुशासनको क्रियाकलाप भित्र नबस्ने पार्टीका केही नेताहरुलाई कारबाही गरेर सम्माननीय सभामुख महोदय समक्ष भदौ १ गते नै सूचीसहित विधिपूर्वक एउटा दल त्यागको सूचना गरेका थियौँ, त्यसमा हामीले मूलतः उहाँहरुलाई हाम्रो पार्टीका त्यस बेलामा सम्माननीय अध्यक्ष पूर्व प्रधानमन्त्री कपी शर्मा ओलीले विश्वासको मत लिन खोज्दा विश्वासको मत नदिएर ह्वीप उल्लंघन गर्ने १४ जनालाई हामीले पार्टीबाट दल त्याग गरेको सूचना दिएका थियाँै, त्यो सूचना भदौ १ गते ४ बजेर २० मिनेट जाँदा दल दर्ता भएको थियो, अहिले यो ७२ घण्टा पुग्न लागेको स्थिती छ, यसभन्दा अगाडि सम्माननीय सभामुख ज्यूले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई २४ घण्टा नबित्दै सूचना जारी गरेर निष्काशन गर्नुभयो, त्यसपछि टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी, प्रभू शाह,लेखराज भट्टलगायत प्रतिनिधि सभा सांसदहरुलाई प्रचण्ड कमरेडले सिफारिस गरीसकेपछि ७२ घण्टा भित्र सूचना प्रकाशित गरेर उहाँहरुलाई निष्काशन गर्नुभयो, तर नेकपा एमालेले गरेको हकमा के कारणले विलम्ब भइरहेको छ भनेर प्रश्न सोध्यौँ, हामी यसमा सम्माननीय सभामुख ज्यूलाई निर्वाचन आयोगमा दल दर्ता स्वीकृत होस् माधव कुमार नेपालको, पहिला फुटिसकोस् अनि दिन्छु भन्ने कुनै छुट छैन, र, पनि, देखि, बाट कुनै लाग्दैन, यो दलीय व्यवस्था हो, दलले निष्काशन गरिसकेपछि स्वतः कार्यान्वयनमा जाने कुरा हो, यसमा सभामुखले सूचना टास्ने कुरा मात्र हो, मात्र सूचना टास्ने कामलाई पनि सभामुख ज्यूले लिङ्गरिङ गरेर नेकपा एमाले विभाजन गरेर मलजल गर्छु, सहयोग पुर्याउँछु भन्ने स्थिती बन्यो भने नेकपा एमाले कुनै पनि हालतमा चुप लागेर बस्दैन, राज्य सुशासनका विरुद्ध, पञ्चायतका विरुद्ध ३० वर्ष लडेर आएको पार्टी भएको कारणले नेकपा एमाले कुनै पनि हालतमा छोड्दैन भन्ने कुरा हामीले जानकारी गराएका छौँ र छिटो भन्दा छिटो गर्छु भनेर आश्वासन दिनुभएको कारणले यो संवादलाई टुंग्याएका छौँ, समयको आवश्यक छ भनेर निर्वाचन आयोगमा दल दर्ता सकेपछि दिन्छु भन्नुभएको हो भने यो गैरकानूनि छ, गैर संवैधानिक छ, वधनियत हुन्छ, नेकपा एमालेलाई जसरी पनि टुक्राउँछु भन्ने नियत देखिन्छ, त्यो नियत भए नेकपा एमाले चुप लागेर बस्दैन ।”

नेता भट्टराईले नेपाल पक्षको दल दर्तापछि मात्रै सभामुखले कारबाही गर्छु भन्ने सोचेको भए नेकपा एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap