नेपाल टेलिकमले कामबाट हटाएको विरोधमा २९ कर्मचारी आन्दोलित


लेखक : सुन्दराञ्चल      कार्तिक २६, २०८१ मा प्रकाशित     
नेपाल टेलिकमले कामबाट हटाएको विरोधमा २९ कर्मचारी आन्दोलित

२६ कात्तिक, काठमाडौं । नेपाल टेलिकममा स्थापनाकालदेखि नै कार्यरत २९ जना कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा हटाइएको भन्दै आन्दोलित भएका छन् । २ दशकभन्दा लामो समयदेखि त्यहाँ सरसफाइको काम गर्दै आएका कर्मचारीलाई टेलिकमले कात्तिक १२ गते कामबाट हटाएको थियो ।

आफूहरुलाई बिनासूचना र सेवासुविधा कामबाट हटाएको भन्दै निष्कासित कर्मचारीले कात्तिक १४ गतेबाट बबरमहलस्थित टेलिकमको कार्यालयमा धर्ना बसेका छन् । आइतबार शान्तिपूर्ण धर्ना बसिरहेकै क्रममा प्रहरीले हस्तक्षेप गरेकोसमेत आरोप लगाएका छन् ।प्रहरी हस्तक्षेपका क्रममा धनु दाहाल, सावित्रा चौलागाईं, लक्ष्मी सारुलगायत घाइते भएका थिए । प्रहरीले धर्नारत १६ जनालाई नियन्त्रणमासमेत लिएको थियो । धर्नारत निष्कासित कर्मचारीले लामोसमयदेखि आफूहरु टेलिकममा सरसफाइको काम गर्र्दै आएको तर, अहिले बिना सूचना आफूहरुलाई कामबाट हटाएको बताएका छन् ।

धर्ना बसिरहेका मजदुरमाथि धरपकड भएपछि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap