नेपाल टेलिकमको नाफा दुई अर्ब घट्यो


लेखक : सुन्दराञ्चल      साउन ३२, २०७८ मा प्रकाशित     
नेपाल टेलिकमको नाफा दुई अर्ब घट्यो

नेपाल टेलिकमको ष्यस वर्षको नाफा दुई अर्ब रूपैयाँ घटेको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७७/०७८ मा खुद मुनाफा दुई अर्ब २९ करोड ४८ लाख ७१ हजार रूपैयाँ कम भएको टलिकमले जनाएको छ ।

टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुुसार आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासिक अवधिमा खुद मुनाफा नौ अर्ब ७४ करोड ८९ लाख ५६ हजार थियो । २०७७/०७८ मा खुद मुनाफा सात अर्ब ४५ करोड ४० लाख ८५ हजारमा झरेको हो ।

मुनाफामा कमी आउनुको प्रमुख कारण कोरोना महामारी रहेको टेलिकमले जनाएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने ब्याजदर अघिल्लो वर्षको तुलनामा घटेकाले ब्याज आम्दानीमा कमी आएको टेलिकमको भनाइ छ ।

कम्पनीले कोभिड महामारीलाई लक्षित गरी निकै कम मूल्यमा डेटा प्याकेज उपलब्ध गराएको थियो । यस कारण अघिल्लो वर्षको तुलनामा डेटा उपभोग बढे पनि राजस्व सोचेजस्तो बढ्न नसकेको टेलिकमले जनाएको छ ।

महामारीका कारण अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारण रोमिङ सेवामा आएको गिरावटले पनि असर पारेको टेलिकमले उल्लेख गरेको छ ।

आव २०७६/०७७ को असार मसान्तको अन्तिम लेखा परीक्षणपछिको कुल आम्दानी ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहेको टेलिकमले जनाएको छ । २०७६/०७७ को तुलनामा कम्पनीको आम्दानी भने ३.७० प्रतिशत बढेको छ । आव २०७७/०७८ मा आम्दानी ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार पुगेको कम्पनीले जनाएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap