नेपाल एयरलाइन्सको जापानको लागि उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्कियो,


लेखक : सुन्दराञ्चल      भदौ २९, २०७९ मा प्रकाशित     
नेपाल एयरलाइन्सको जापानको लागि उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्कियो,

२९ भदौ, काठमाडौं । काठमाडौंबाट जापानको नारिता उडेको विमान आधा घण्टामै काठमाडौंमै फर्किएको छ ।

नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडेको थियो । तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण भयो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो ।

प्राविधिक जाँचपछि यो जहाज आजै नारिता उडेको छ । बुधबार काठमाडौंबाट १८४ जना यात्रु नारिता उडेका थिए।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap