काठमाडौं १८ भाद्र । नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले रिक्त रहेको सैन्य पदमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्तिका लागि ४ हजार सङ्ख्यामा दरखास्त आह्वान गरेको छ।
दरखास्त आह्वानमा बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने, १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ। असोज १६ गतेसम्म दरखास्त पेस गर्नुपर्ने भनिएको छ ।