नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक किशोरीको मृत्यु


लेखक : सुन्दराञ्चल      साउन २८, २०७८ मा प्रकाशित     
नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक किशोरीको मृत्यु

धनगढी,२८ साउन । कैलालीमा नेपाली सेनाको गाडीले ठक्कर दिँदा एक किशोरीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारमा सेनाको गाडीले ठक्कर दिँदा घाइते भएका तीन जनामध्ये एक किशोरीको मृत्यु भएको हो।

धनगढी उपमहानगरपालिका–११ की १५ वर्षीया विद्या रानाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए ।

यस्तै दुर्घटनामा घाइते भएका धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइका १७ वर्षीय कृष बम र वडा नम्बर ३ का ३४ वर्षीय उमेश कार्कीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था पनि गम्भीर छ। बुधबार साँझ प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सेनाको प्रदेश ३–०१ ००१ ग ३७३२ नम्बरको ट्रकले म २ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap