नेपाली सुरक्षाकर्मीबाटै कञ्चनपुरमा एक महिलामाथि दुर्व्यवहार


लेखक : सुन्दराञ्चल      साउन १४, २०७८ मा प्रकाशित     
नेपाली सुरक्षाकर्मीबाटै कञ्चनपुरमा एक महिलामाथि दुर्व्यवहार

कञ्चनपुर,१४ साउन । नेपाली सुरक्षाकर्मीबाटै कञ्चनपुरमा एक महिलामाथि दुर्व्यवहार भएको छ । जिल्लाकोे पश्चिमी सीमा नाका गड्डाचौकीमा भीमदत्त नगरपालिका १० की एक महिलामाथि दुर्व्यवहार गरेको बताईएको छ।

सीमामा खटिएका नेपाली सुरक्षाकर्मीबाटै आफूमाथि दुर्व्यवहार भएको ती महिलाले बताएकी छन् । बुधबार साईकल मर्मत गर्नका लागि बनवासा जादै गर्दा नेपाली सुरक्षाकर्मीले दुर्व्यवहार गरेको बताएकी हुन्। आफूले बोकेको झोला खोसेर साईकल लछारपछार गर्दै दुर्व्यवहार गरेको उनले बताईन् ।

यता गड्डाचौकीका ईन्चार्ज शसस्त्र प्रहरी निरीक्षक पदम भण्डारीले भने ती महिलाले क्यारिङ गर्ने गरेको र अहिले साईकलमा क्यारिङ गर्न बन्द गरिएकोले महिलालाई सम्झाउने क्रममा त्यस्तो हुन गएको बताए ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap