नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो


लेखक : सुन्दराञ्चल      साउन २८, २०८१ मा प्रकाशित     
नेपाली बजारमा सोमबार सुनको मूल्य घट्यो

काठमाडौँ-साउन २८ नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार १०० रुपैयाँले घटेर तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार कायम भएको छ । सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७१५ रुपैयाँ कायम भएको छ । अघिल्लो चाँदीको मूल्य तोलामा १ हजार ७२० रुपैयाँ कायम भएको थियो ।

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap