नेपाली चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय


लेखक : सुन्दराञ्चल      फाल्गुन २२, २०७८ मा प्रकाशित     
नेपाली चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय

२२ फागुन,नेपाली चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ । फिल्म क्षेत्रका विभिन्न व्यक्तिको शुभकामना भिडियो सार्वजनिक गर्दै फिल्म आउँदो वर्षको ३ भदौबाट प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । फिल्मका निर्देशक परिच्छेद सेन हुन् ।

निर्माण टिमले सार्वजनिक गरेको भिडियोमा नीर शाह, विकाशराज आचार्य, नरेन्द्र महर्जन, छवि ओझा, दीपेन्द्र के खनाललगायतका व्यक्तिले फिल्मलाई दिएको शुभकामनासहित प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणामा केही फरक पन दिएको छ ।

यो फिल्मबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ ।

सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सन्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् ।

सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो । यसअघि भ्यालेन्टाइनको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap