काठमाडौ २२ चैत्र – मातहतका कार्य समितिहरुलाई निर्देशन दिएको छ । आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि सत्तारुढ दलहरुसँग गठबन्धन हुने सम्भावना बढेपछि कांग्रेसले तत्काललाई उम्मेदवार सिफारिस मौखिक रुपमा होल्ड गराएकाे हाे ।
उम्मेदवार टुंगो लगाउन पार्टीका वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाएकाी थिए । उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो । तर, फेरि कांग्रेसले तत्काल त्यो प्रक्रियालाई स्थगित गर्न निर्देशन गरेको हो ।