काठमाडौं १२ फागुन, । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद भवन जाँदा अनामनगर-थापागाउँको सडक प्रयोग गर्न आग्रह गरेको छ ।
माइतीघर-तिनकुने सडकखण्डमा एमसीसी विरोधीहरुले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुनसक्ने भन्दै कांग्रेसले अनामनगर-हनुमानथान-थापागाउँको रुट प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेको हो ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्ने तयारी छ । उक्त बैठकमा आफ्ना सबै सांसदहरुलाई अनिवार्य उपस्थित हुन कांग्रेसले निर्देशन दिएको छ ।