नेपालमा पढ्न लेख्न जान्नेको सङ्ख्या दुई करोड तीन लाख


लेखक : सुन्दराञ्चल      भदौ २३, २०८१ मा प्रकाशित     
नेपालमा पढ्न लेख्न जान्नेको सङ्ख्या दुई करोड तीन लाख

काठमाडौँ- भदौ २३,  नेपालमा ७६.२ प्रतिशत मानिस साक्षर रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार पढ्न लेख्न जान्ने जनसङ्ख्या दुई करोड तीन लाख ७७ हजार ९८० छन् ।

पाँच वर्षभन्दा माथिको उमेर समूहमध्ये पुरुष ८३.६ प्रतिशत र महिला ६९।४ प्रतिशत साक्षर छन् । १५ देखि २४ वर्ष उमेर समूहका ९२ प्रतिशत, १५ देखि ६० वर्ष उमेर समूहका ८५ प्रतिशत र १५ वर्षभन्दा माथिका ५८ प्रतिशत साक्षर छन् ।

साक्षरता अभियानका लागि राज्यले झन्डै १० अर्ब रुपियाँ खर्च गरिसकेको छ । त्यस्तै वार्षिक बजेटको कम्तीमा ७० प्रतिशत विद्यालय शिक्षामा लगानी हुँदै आएको छ । रातोपाटीबाट

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap