नेपालमा टिकटकको प्रतिबन्ध पूर्ण रूपमा हट्यो


लेखक : सुन्दराञ्चल      भदौ २१, २०८१ मा प्रकाशित     
नेपालमा टिकटकको प्रतिबन्ध पूर्ण रूपमा हट्यो

भाद्र २१: नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा र मोबाइल सेवा प्रदायकलाई टिकटकको प्रतिबन्ध हटाउन औपचारिक सूचना निकालेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई प्रतिबन्ध फुकुवाको लागि पत्र पठाएपछि प्राधिकरणले टिकटक सञ्चालनमा अवरोध नगर्न भनेको हो।
योसँगै लामो समयदेखि प्रतिबन्धित टिकटक पुनः चल्नथालेको छ। प्राधिकरणले मन्त्रिपरिषद् बैठकले यही भदौ ६ गते प्रतिबन्ध हटाउने निर्णय गरेकाले अर्को निर्णय नहुँदासम्म भएको रोक नलगाउन सेवाप्रदायकहरुलाई भनेको छ।

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणलाई मन्त्रालयले प्रतिबन्ध फुकुवा गर्न भन्दै पत्र पठाएको थियो। सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरले भने, ‘अस्ति र हिजो (बुधबार र बिहीबार) टिकटकका प्रतिनिधिहरुसँग छलफल भएको थियो। त्यसमा उनीहरु नेपाल सरकारका सबै शर्त मान्न तयार भएपछि नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटक पूर्ण रुपमा खोल्न मन्त्रालयले पत्र पठाएको हो।’

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap