नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो ?


लेखक : सुन्दराञ्चल      भदौ ४, २०७८ मा प्रकाशित     
नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको हो ?

काठमाडौं, ४ भाद्र । पछिल्लो समय कोरोनाभाइरस ९कोभिड—१९० का सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्ने आँकडामा सङ्क्रमितको सङ्ख्या मात्रै नबढेर मृत्यु हुनेको दर पनि बढेको छ । सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा भर्ना हुने बिरामीको सङ्ख्या बढ्न थालेको अस्पतालहरूको भनाइ छ । दैनिक झन्डै ३५ सयको हाराहारीमा सङ्क्रमित भइरहेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमित र अस्पताल भर्ना हुने बिरामीको चाप बढेको हो । सङ्क्रमितसँगै अस्पताल भर्ना हुने दर बढेपछि नेपालमा सङ्क्रमणको अर्को लहर सुरु भएको त होइन भनेर जनस्वास्थ्यविद्हरुले आङ्कलन गर्न थालेका छन् ।

कोरोनाको दोस्रो लहरमा ग्राफ उच्च हुँदा वैशाख २८ गते एकै दिन ९ हजार ४ सय ८३ जना सङ्क्रमित भएका थिए भने २२५ जनाको मृत्यु भएको थियो । कोरोनाको दोस्रो लहरमा सङ्क्रमणको ग्राफ ओरालो लागेपछि पुनः बिस्तारै ग्राफ उकालो लागेर सङ्क्रमण र मृत्यु दर उकालो लागेकाले तेस्रो लहर सुरु भएको जनस्वास्थ्यविद्हरुले बताउन थालेका छन् ।

कोरोना सङ्क्रमण र अस्पताल भर्ना हुने बिरामी ह्वातै बढेकाले कोरोना सङ्क्रमणको नयाँ लहरको सुरुवाती भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा।बाबुराम मरासिनीको आङ्कलन छ । ‘अघिल्लो लहरमा सङ्क्रमित, अस्पताल भर्ना हुने दर र मृत्यु हुने दर पिक पाइन्टमा पुरेर बिस्तारै ग्राफ तल झेरेपनि बिस्तारै माथिमाथि सर्दै गएकाले यो नेपालमा नयाँ खालको सुरुवात हो,’ डा। मरासिनी भन्छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap