नेपालको महिला आन्दोलन उपलब्धिको रक्षा गर्दै थप हासिल गर्न लाग्नुपर्छः परराष्ट्रमन्त्री


लेखक : सुन्दराञ्चल      फाल्गुन २४, २०८१ मा प्रकाशित     
नेपालको महिला आन्दोलन उपलब्धिको रक्षा गर्दै थप हासिल गर्न लाग्नुपर्छः परराष्ट्रमन्त्री

 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा भएका महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिनुभएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले महिला अधिकार र समानताको सवालमा नेपालले उल्लेख्य प्रगति गरिरहेको उल्लेख गर्दै संविधानले संघीय संसद् तथा प्रदेशसभामा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको बताउनुभयो । साथै, ग्रामीण तथा सिमान्तकृत महिलाको क्षमता अभिवृद्धि गर्दै किशोरीहरूको भविष्य सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ छ ।

 

महिला सशक्तीकरणका क्षेत्रमा नेपालले महत्वपूर्ण उपलब्धिहरू हासिल गरिसकेको उल्लेख गर्दै उहाँले अझै धेरै सुधार आवश्यक छ भन्नुभयो । “आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न भइरहेका छन् । त्यसलाई तोड्न सबैको सहकार्य आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले महिलाको हक, अधिकार र सशक्तीकरणका लागि थप योगदान दिने प्रतिबद्धता जनाउनुभयो ।

 

परराष्ट्रमन्त्री देउवाले महिलाका लागि प्रजनन तथा मानसिक स्वास्थ्यमा सहज पहुँचको व्यवस्था गर्नुपर्ने, आत्मनिर्भर बनाउन ऋण, प्रविधि तथा सीप विकासका कार्यक्रमहरू आवश्यक रहेको र जलवायु परिवर्तनका असरबाट महिलाहरू बढी प्रभावित भएकाले सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।

 

बेइजिङ घोषणा र कार्ययोजनाले महिला अधिकार तथा कानूनी संरक्षणका सवालमा युगान्तकारी परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले नेपालका महिलाले प्राप्त अवसरलाई सफलता दिलाउन भूमिका निर्वाह गरिसकेको बताउनुभयो । “नेपाली महिला परिवार, समाज र राष्ट्रकै नेतृत्वकर्ताका रूपमा स्थापित भइसकेका छन्, तर पनि नारी अधिकारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ”, उहाँले भन्नुभयो ।

 

 

मन्त्री देउवाले नारी समानता, न्याय र हिंसा उन्मूलनको अभियानमा सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह समेत गर्नुभएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap