नेपालको ग्रामिण अर्थतन्त्रलाई माथि उठाउन, सहयोग बढाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह


लेखक : सुन्दराञ्चल      भदौ २४, २०७९ मा प्रकाशित     
नेपालको ग्रामिण अर्थतन्त्रलाई माथि उठाउन,  सहयोग बढाउन एडीबीलाई अर्थमन्त्रीको आग्रह

२४ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले एसियाली विकास बैंक (एडीबी)लाई नेपालको निजी क्षेत्रलाई प्रोत्साहित गर्न र सहुलियतपूर्ण ऋण उपलब्ध गराउन छलफल गरेका छन् ।

एसियाली विकास बैंकका उपाध्यक्ष अशोक लाभाषासँगको भेटमा मन्त्री शर्माले प्रदेशगत सन्तुलन गरेर सहयोग बढाउँदा नेपालको ग्रामीण अर्थतन्त्रको विकास हुने बताए । निजी क्षेत्र नेपालको आर्थिक उन्नतिको इन्जिन भएको भन्दै मन्त्री शर्माले सरकारले उक्त क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।

नेपालको ग्रामिण अर्थतन्त्रलाई माथि उठाउन शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार लगायतका क्षेत्रमा लगानी आवश्यक भएकाले एसियाली विकास बैंकको सहयोग अझै वृद्धि गर्न पनि उनले अनुरोध गरे ।

उनले नेपालले जलवायु परिवर्तनमा कुनै योगदान नगरे पनि त्यसको मार भने खेपिरहेको बताउँदै नेपालमा हरित अमोनिया, हाइड्रोजन जस्ता वैकल्पित ऊर्जा उद्योगमा सहयोग गर्न अनुरोध पनि गरे ।

एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाशाले एसियाली विकास बैंकले नेपाल सरकार र नेपाली जनताको सहयोगका लागि सधैं हातेमालो गर्ने बताए ।

अर्थमन्त्री शर्माले दिएको मार्गदर्शन अनुसार आफू नेपाल सरकार र निजी क्षेत्रलाई सहयोग गर्न तयार रहेको बताए । उनले अर्को महिना फिलिपिन्सको मनिलामा हुने कार्यक्रममा अझ बढी छलफल गर्ने बताए ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap