नेपालका ८ उपमेयर र १४ मेयर हैदरावादमा ढल व्यवस्थापन सम्बन्धी पढ्दै


लेखक : सुन्दराञ्चल      साउन ३०, २०८० मा प्रकाशित     
नेपालका  ८ उपमेयर र १४ मेयर हैदरावादमा ढल व्यवस्थापन सम्बन्धी पढ्दै

 काठमाडौं ३० साउन,  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन सहित १५ जना मेयर र ८ उपमेयर अहिले भारतमा छन् । नेपाल नगरपालिका संघको पहलमा एडमिनिस्ट्रेसन कलेज अफ हैदराबाद (आस्की) ले उनीहरुलाई पढाइरहेको छ ।

दिसा, लेदोजन्य फोहोर तथा ढल व्यवस्थापन सम्बन्धी २ दिने सैद्धान्तिक कक्षा लिने र ३ दिन लेदो व्यवस्थापन गर्न व्यवहारिक कक्षा लिनको लागि मेयरहरु भारत गएका हुन् ।

नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाका अनुसार फोहोर व्यवस्थापनसम्बन्धी २३ वटा नगरपालिकाबाट प्रतिनिधि हुनेगरी अध्ययनको लागि गएका हुन् ।

‘यसलाई स्यानी टुर भनिएको छ, स्यानिटेसनसम्बन्धी अध्ययन गर्ने भएकोले स्यानी टुर भनिएको हो’, देवकोटाले भने । नेपालबाट जाने जनप्रतिनिधिको सबै खर्च, टिकट आस्कीले नै व्यहारेको देवकोटाले बताए । आस्कीले यस अगाडि प्रदेश राजधानीसहित अन्य शहरहरुका जनप्रतिनिधिहरुलाई पनि लेदोजन्य फोहोर व्यवस्थापनको लागि कक्षा सञ्चालन गरेको थियो ।

सोमबारदेखि सुरु भएको कक्षामा बुटवल उपमहानगरपालिकाका मेयर खिलराज पाण्डे, धरान उपहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीलगायत रहेका छन् ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap