पहाडी र हिमाली जिल्लामा आज होली अर्थात् फागु पर्व मनाईँदै


लेखक : सुन्दराञ्चल      फाल्गुन २९, २०८१ मा प्रकाशित     
पहाडी र हिमाली जिल्लामा आज होली अर्थात् फागु पर्व मनाईँदै

फाल्गुन २९,  नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) होली अर्थात् फागु पर्व मनाईँदै छ। फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ। होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी र हिमाली ५६ जिल्लामा सार्वजनिक बिदा दिएको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने होली पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ।
होलीमा कसैको इच्छा विपरित जबर्जस्ती रंग नदल्न, लोला नहान्न आग्रह गरेको छ। होलीका नाममा उच्छृंखल गतिविधि गरे कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

 

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap