नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीन आकांक्षी

नेकपा (एस) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीन आकांक्षी

धनगढी, २८ भाद्र । नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा तीनजना आकांक्षी देखिएका छन् । बैतडीकी माया भट्ट, कञ्चनपुरका तारा लामा तामाङ र कैलालीका दीर्घ सोडारीले एकिकृत समाजवादीको संसदीय दलको नेतामा बन्ने इच्छा देखाएका हुन् ।

तीनमध्ये कञ्चनपुरका तामाङ र कैलालीका सोडारीको चर्चा बढी छ । तामाङ एमाले छाडेर नेकपा एसमा आउँदा दलको नेता बनाउने सहमति भएको चर्चा चलेको थियो । कैलालीका सोडारीले सुदूरपश्चिम प्रदेशमा नेकपा एसलाई ठूलो दल बनाउन भूमिका खेलेका कारण आफूले नै दलको नेता बन्न पाउनुपर्ने दाबी गर्दै आएका छन् । माया भट्ट समाजवादीकी केन्द्रीय सदस्य हुन् ।

प्रदेशसभामा नेकपा एसको पहिलो बैठक सोमबार बस्दैछ । दल गठनपछि बस्ने पहिलो बैठकका दलको नेतासमेत चयन गर्ने सम्भावना रहेको प्रदेश सभा सदस्य तामाङले बताए ।

उनले बैठकको छलफलको एजेन्डा भने तय नभइसकेको बताए । उनले पार्टीलाई अझै बलियो बनाउन आगामी रणनीति तथा समसामयिक विषयमा बैठकमा छलफल हुने बताए । ‘बैठकमा संसदीय दलको नेताका विषयमा पनि कुरा उठ्न सक्दछ,’ लामाले भने, ‘त्यस विषयमा हामी छलफल गर्नेछौं, सहमतिकै आधारमा नेता चयन गरिनेछ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App