नेकपा एसलाई सबैभन्दा ठूलो दल बन्न सकस


लेखक : सुन्दराञ्चल      भदौ १७, २०७८ मा प्रकाशित     
नेकपा एसलाई सबैभन्दा ठूलो दल बन्न सकस

धनगढी १७ भाद्र । सुदूरपश्चिम प्रदेशमा एमालेबाट विभाजन भएको नेकपा एकीकृत समाजवादी पार्टीलाई बहुमत पुर्‍याउन सकस भएको छ । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा हाल ५२ जना प्रदेशसभा सदस्य छन् ।

हाल प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेका २५ सांसद थिए । त्यस्तै माओवादी केन्द्रका १३ कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका २ सांसद छन् ।

एमालेबाट १४ सांसद विभाजन गरेर सबै भन्दा ठूलो दल बन्ने तयारी गरेको नेकपा एकीकृत समाजवादी पार्टीलाई अहिले सबै भन्दा ठूलो दल बन्न सकस भइरहेको हो । मंगलबार प्रादेशिक निर्वाचन कार्यालयमा नेकपा एसका १० जना सांसदले सनाखत गरेका हुन् ।

मंगलबार सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व उद्योग वन तथा वातावरण मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, अमरबहादुर साउद, बलबहादुर सोडारी कुलवीर चौधरी र सुशीला बुढाथोकीले सनाखत गरेका थिए ।

मंगलबार नै भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र आर्थिक मामिला तथा योजना राज्य मन्त्री अर्चना गहतराजले सनाखत गर्ने भनिएपछि अन्तिम समयमा तीन जनाले सनाखत गरेनन् ।

आवश्यक कागजात नभएको हुँदा तीन सांसद मंगलबार निर्वाचन कार्यालय नआएको नेकपा (एकीकृत समाजवादी)की केन्द्रीय सदस्य पूर्णा जोशीले जानकारी गराएकी थिइन् । उनले नेकपा एकीकृत समाजवादी १४ जना सांसद नघट्ने दाबी गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘निर्वाचन कार्यालयले डकुमेन्ट सबै अनिवार्य चाहिन्छ भनेपछि उहाँहरूले आज सनाखत गर्न पाउनु भएन। भोली त्यो संख्या धेरै हुन्छ । ’

उनीहरु तीन जना सहित थप केहि सांसदले बुधबार सनाखत गर्ने भनिएको थियो । तर, बुधबार कुनै पनि सांसदले सनाखत गरेनन् ।

बुधबारनै सनाखत गर्ने भनिएकी आर्थिक मामिला तथा योजना राज्य मन्त्री गहतराज एमालेमै बस्ने बताएपछि नेकपा एसमा १३ सांसद पुग्ने सम्भावना कम भएको हो ।
‘मैले अहिले सनाखत गरेको छैन नगर्न पनि सक्छु’ उनले भनिन्, ‘म एमालेमै बस्न सक्छु ।’

यस अघि पूर्व सामाजिक विकास मन्त्री कृष्ण सुबेदीले पनि नेकपा एसमा सनाखत गर्ने भनिएको थियो । तर, केहि दिन पहिले काठमाडौँ पुगेर नेताहरूलाई भेटेका सुबेदीले एमाले छोड्न नसक्ने बताएपछि अहिले नेकपा एसमा खुल्ने सांसदहरूको संख्या १३ पुगेको हो ।

त्यस लगत्तै मंगलबार सनाखत गर्न नमानेकी अर्थ राज्य मन्त्री गहतराजले एमालेमै बस्ने बताएपछि एसमा खुल्ने सांसदहरूको संख्या १२ पुग्ने अनुमान गरिएको छ ।

अहिले सनाखत नगरेका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी र एमालेका पूर्व प्रमुख सचेतक दुवैले सनाखत गर्ने बताइएको छ । एमाले जेठ २ को अवस्थामा फर्किदा सोडारी कैलालीका र तामाङ कञ्चनपुरका अध्यक्ष हुन् ।

तामाङले अहिले एसको आकारबारे पूर्वानुमान गर्न नसकिने बताए ।

‘२२ गते सम्म सबै कुरा थाह हुन्छ’ उनले भने, ‘१० जना मात्रै पनि नेकपा एसमा हुन सक्छन् २४ जना पनि पुग्न सक्छन् ।’

एमाले विभाजन पूर्व सुदूरपश्चिम प्रदेशमा सभामुख बाहेकका २४ जना मध्ये ओलीको पक्षमा ७ जना र नेपालको पक्षमा १७ जना सांसद थिए । अहिले एमालेका उपाध्यक्ष भीम रावल पनि एमालेमै रहने भएपछि एमालेमा रहने सांसदहरूको संख्या बढेको हो ।

बिगतमा ओली पक्षमा खुलेका सबै सांसदहरू एमालेमा रहने पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले बताए ।

‘हामी पहिलो एक ठाउँमा रहेका माननीय ज्यूहरू सबै अहिले पनि एकै ठाउँमा छौँ’ उनले भने, ‘त्यसमा थप केहि सांसदहरू अहिले एमालेमै रहनुहुने भएको छ ।’

विभाजित भएको पार्टीका भविष्य नदेखेपछि सनाखत गर्नेहरु पनि फेरी मुलपार्टीमा आउने अवस्था सृजना हुने बोहराको दाबी छ ।

कैलालीका रतन थापा र नेपालु चौधरी, डडेल्धुराका पठानसिंह बोहरा, बैतडीका लिलाधर भट्ट, दार्चुलाका गेल्बुसिंह बोहरा र बझाङकी माया तामाङ बोहरा ओली पक्षमा थिए । बोहराबाहेक सबै प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनीहरु सबै अहिले पनि एमालेमै रहने बताउँछन् ।

त्यसबाहेक नेपाल पक्षमा रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, पूर्व राज्य मन्त्री प्रकाश रावल र अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्कबहादुर कुँवर, पूर्व सामाजिक विकास मन्त्री कृष्ण सुबेदी र अर्थ राज्य मन्त्री अर्चना गहतराजे नयाँ पार्टीमा जान नसकिने बताइसकेका छन् ।

नेपालका २ सांसदले अहिले सम्म सनाखत गरेका छन् । उनीहरु दुवैले एसमा सनाखत गरे सुदूरपश्चिममा एसको संख्या १४ पुग्ने छ । उनीहरु दुबै जना एमालेमा रहे एमालेको संख्या १५ पुग्ने छ । तर, दुबै जना एसमा जाने सम्भावना बढि रहेको स्रोतको दाबी छ ।

दुबै जना नेकपा एसमा सनाखत गरे पनि सभामुख सहित एमालेको संख्या १४ पुग्ने छ । १४ सांसद सहित एमाले पहिलो दल बन्ने छ । १३ सांसद सहित माओवादी दोस्रो र १२/१२ सांसद सहित नेकपा एस तेस्रो दल बन्ने आकलन गरिएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap