नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन आज हुने


लेखक : सुन्दराञ्चल      पुस २३, २०७८ मा प्रकाशित     
नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन आज हुने

 बाजुरा नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन आज हुने भएको छ । अधिबेशन नजिकीए संगै बाजुरामा अध्यक्ष लगायत पदाधीकारी हरुको आकाङ्क्षीहरु पनि बढ्दै गएका छन ।
जसमा नेकपा एमाले बाजुरा दुई धारमा देखीने पुर्ब संकेत देखीएकाे छ ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा स्थाई कमिटि सदस्य कर्ण बहादुर थापा र केन्द्रीय सदस्य लाल बहादुर थापाको फरक फरक  धारमा हुने  मतदान हुने अनुमान गरिएको छ ।नेकपा एमाले स्थाई कमिटि सदस्य कर्ण बहादुर थापाको टिमबाट लाल बहादुर ओली अध्यक्षका उम्मेद्धार रहने र केन्द्रीय सदस्य लाल बहादुर थापाको टिमबाट काली बहादुर शाही लड्ने पुर्ब अनुमान गरिएको छ ।

बाजुरामा कालीबहादुर शाही, भरत थापा, भरत बुढा र लालबहादुर ओली र रंगमान शाही अध्यक्षका आकांक्षी छन् । जसमा को कसको टिमबाट उम्मेद्धार बन्ने भन्ने बिषयमा पनि निकै चर्चाको रुपमा हेरीएको छ ।
लाल बहादुर थापाले कालि बहादुर शाहीलाई उम्मेद्धार बनाउने पक्का पक्की भएका छन । भने स्थायी कमिटि सदस्य कर्ण बहादुर थापाको टिममा लाल बहादुर ओलीलाइ अगाडी सार्ने गृहकार्य भएकाे देखीन्छ  ।

यता पछिल्लाे पिढिका युवाहरू चुनाव हुनुपर्नेमा जाेड दिएका छन भने केन्द्रीय स्तरका नेताहरूकाे सहमती गरेरै अधिबेशन सम्पन्न पार्ने गृहकार्यमा जुटेका छन । चुनाव हुदा अन्तरिबराेध हुने भएकाेले सहमतीमै टुङ्याउन काेसिसमा लाग्ने एमाले बाजुराका एक नेताले बताएका छन । धेरैकाे युवाहरूकाे भनाइ अब पुस्ता हस्तान्तरण हुन नसकेमा लाेकतान्त्रीक बिधीबाटै भए पनि नेतृत्व लिने बताउदै आएका छन ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap