धनगढी : धनगढीमा रहेको निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा.लिले विभिन्न पदहरुमा कर्मचारी मागेको छ । हस्पिटलले विभिन्न १४ पदमा २१ जना स्वास्थ्यकर्मीहरु माग गरेको हो । कार्डियोलोजिष्ट, नेफ्रोलोजिष्ट ईन्डोक्रानोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट,प्याथोलोजिष्ट, मिडिकल अफिसर, फार्मासिष्ट, ल्याब टेक्नोलोजिष्ट,स्टाफ नर्स लगायत विशेषज्ञ पदमा स्वास्थ्यकर्मी माग गरेको छ । इच्छुक नेपाली नागरिकले सम्बन्धित पदहरुमा शैक्षिक योग्यता अनुसार र कार्य अनुभवको आधारमा यो सूचना प्रकाशित भएको १० दिन भित्र आवेदन दिन सकिने अस्पतालले जनाएको छ ।