निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी धाकधम्की नदिन आग्रह


लेखक : सुन्दराञ्चल      बैशाख १६, २०७९ मा प्रकाशित     
निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी धाकधम्की नदिन आग्रह

काठमाडौं, १६ वैशाख । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको मनोनयन गराएकालाई उम्मेदवारी धाकधम्की नदिन आग्रह गरेको छ।

शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै उम्मेदवारी फिर्ता गराउन डर, धाक धम्की र धरपकड नगर्न आग्रह गरेको गरेको हो। यस्तो हर्कत् नगर्न आयोगले राजनीतिक दल, तीनका भातृ संगठन र सरोकारवालालाई आग्रह गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पैडेलले जानकारी दिनुभयो।

प्रवक्ता पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उम्मेदवारी दर्ता मनोनयनका उम्मेदवारलाई मनोनयन फिर्ता गराउन डर, धाक, धम्की, धरपकड र प्रलोभन देखाएको भन्ने सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

उम्मेदवारलाई धम्की दिने गतिविधिले लोकतन्त्रमाथि आघात पुयाउनेसँगै संविधान र कानुन विपरीत भएको स्मरण आयोगले गराएको छ।

‘यस्ता गतिविधिले संविधान र प्रचलित कानुन बमोजिम योग्य पुगेका कुनै पनि नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् अधिकार कुण्ठिन हुने छ’, विज्ञप्तिमा भनिएको छ।

आयोगको विज्ञप्तिमा लेखिएको छ, ‘निर्वाचनलाई प्रभाव पार्ने यस्ता गतिविधि जुनसुकै प्रकृति र मात्राका भएपनि त्यसले संविधान, कानुन र लोकतन्त्रमाथि आघात पुर्याउने भएकाले यस्ता हर्कत् नगर्न नगराउन आयोग सरोकारवालाहरु सबै प्रति आग्रह गर्दछ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap