निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रमा  मुख्य निर्वाचन अधिकृतहरु नियुक्त


लेखक : सुन्दराञ्चल      चैत्र १६, २०७९ मा प्रकाशित     
निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रमा  मुख्य निर्वाचन अधिकृतहरु नियुक्त

 १६ चैत, निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रमा  मुख्य निर्वाचन अधिकृतहरु नियुक्त गरेको छ ।

आयोगले आगामी १० गते हुने प्रतिनिधिसभासदस्‍य उपनिर्वाचनका लागि चितवन क्षेत्र नम्बर-२ का लागि जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, बारा क्षेत्र नम्बर २ का लागि मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर-१ का लागि कमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्याल खुल्नेछ भने उपनिर्वाचनका लागि २० गते उम्‍मेदवारीको मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap