निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय


लेखक : सुन्दराञ्चल      बैशाख ८, २०७९ मा प्रकाशित     
निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय

वैशाख ८   वैशाख ३० स्थानीय तह निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीबीचको संयुक्त बैठकले निर्णय गरेको छ।

खुल्ला सीमा नाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगज्जाको अतिक्रमण, दशगज्जाको व्यवस्थापन,दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागूऔषध र मदिरा ओसारपोसार नियन्त्रण लगायतका बिषयमा पनि छलफल भएको उनले बताए।

बैठकमा सीमा वारपारको सम्बन्ध, दशगज्जाको अतिक्रमण, दशगज्जाको व्यवस्थापन,दुईपक्षको आन्तरिक सुरक्षा, तस्करी, लागुऔषध र मदिरा ओसारपोसार नियन्त्रण लगायतका बिषयमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी कवारीले बताए।

बैठकमा सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र महोत्तरीका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल लगायत चारै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेका थिए ।साभार

 

  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap