निर्मला हत्याकाण्डजस्तै जटिल बन्दै डडेलधुराको अस्मिता हत्याकाण्ड


लेखक : सुन्दराञ्चल      भदौ ३१, २०७८ मा प्रकाशित     
निर्मला हत्याकाण्डजस्तै जटिल बन्दै डडेलधुराको अस्मिता हत्याकाण्ड

काठमाडौं – डडेलधुराको जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा कार्यरत कार्यालय सहयोगी २५ वर्षीया अस्मिता धामीको हत्या प्रकरणको अनुसन्धान जटिल बन्दै गएको छ । प्रहरीले अभियुक्तसम्म पुग्ने ‘क्लु’ फेला नपार्दा अनुसन्धान जटिल बन्दै गएको हो ।

गएको असार ५ गते उनी मृत अवस्थामा फेला परेकी थिइन् । असार २ गते बिहान जमरानी आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप र स्वास्थ्य सामग्रीहरू लिएर जोगबुढा अस्पतालमा बुझाउन हिँडेकी अस्मिता ५ गते परशुराम नगरपालिका–९ स्थित हट्टवानी सामुदायिक वनको जंगलमा मृत भेटिएकी थिइन् । उनको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तर, घटना भएको तीन महिना पुग्न लाग्दा पनि प्रहरी अभियुक्तसम्म नपुग्दा अस्मिता हत्या प्रकरण पनि कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको अनुसन्धानजस्तै हुने हो कि भन्ने आशंका स्थानीयको छ ।

अनुसन्धानमा सुदूरपश्चिम प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय डडेलधुराको टोली सक्रिय छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विक्रम बहादुर चन्द अनुसन्धान सूक्ष्म ढंगले अगाडि बढिरहेको बताउँछन् । एसएसपी चन्दले भने, “हामी संवेदनशील भएर अनुसन्धानमा सक्रिय छौँ । अनुसन्धानका सबै कुरा भन्न पनि मिल्दैन । तर, प्रहरी जिम्मेवार भएर अनुसन्धानमा छ ।”

असार २ गते स्वास्थ्य सामग्री बोकेर हिँडेकी अस्मिता साँझसम्म सम्पर्कमा नआएपछि उनको खोजी गरिएको थियो । असार १ गते सो क्षेत्रमा ठूलो वर्षा भएको थियो ।

अस्मिता हत्याकाण्ड न्यायका लागि संघर्ष समितिका सदस्य जेबुवा धामी दोषीको पहिचान छिटोभन्दा छिटो हुनुपर्ने बताउँछन् ।

अस्मिताको शव भेटिएको स्थलनजिकै रक्सीको खाली बोतलसमेत फेला परेको थियो । प्रहरीका अनुसार असार ६ गते घटनास्थलनजिक अस्मिताले नाकमा लगाउने नथिया, कानमा लगाउने टप, दुईवटा दाँत र हड्डीको सानो टुक्रा फेला परेको थियो ।

यस्तै, असार ७ गते डेवरी खोलामा अस्मिताको शव भेटिएको स्थानभन्दा केही पर उनले प्रयोग गर्ने मोबाइल फुटेको अवस्थामा फेला परेको थियो । उनको मोबाइलबाट पनि अनुसन्धानमा सहयोग पुग्ने तथ्य फेला नपरेको बताइन्छ ।

पोस्टमार्टम रिपोर्टबाट हत्याको कारण यकिन हुन सकेको थिएन । उनको शरीरबाट भेजिनल स्वाब र भिसेरा परीक्षणका लागि हड्डी निकालिएको थियो ।

असार ३ गते सोही गाउँका एकजनाले आत्महत्या गरेकाले हत्यामा उनकै संलग्नता हुन सक्ने आकलन प्रहरीले गर्दै आएको थियो । तर, प्रयोगशालामा भएका विभिन्न परीक्षणबाट अस्मिता हत्याकाण्डमा उनको संलग्नताको आधार पुष्टि हुने प्रमाण फेला नपरेको बताइएको छ ।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app downloadAviator Game PlatformAviator Game TutorialAviator App RequirementsTop Aviator CasinosAviator App FeaturesSecure Aviator PaymentsCreate Aviator AccountAviator Official App
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap