निर्मला पन्त हत्याको अनुसन्धान तथ्यनजिक पुगेका छौं : गृहमन्त्री खाँण


लेखक : सुन्दराञ्चल      भदौ १०, २०७८ मा प्रकाशित     
निर्मला पन्त हत्याको अनुसन्धान तथ्यनजिक पुगेका छौं : गृहमन्त्री खाँण

काठमाडौं,१० भदौ ।  गृहमन्त्री बालकृष्ण खाँडले निर्मला पन्त हत्याको अनुसन्धान तथ्यनजिक पुगेको बताएका छन्। बिहीबार राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृह मन्त्री खाँणले निर्मला पन्त घटनाको अनुसन्धानमा तथ्य नजिक पुगिएको जानकारी दिए।

अपराधी भाग्न सक्ने भएकाले अनुसन्धानको अवस्था बाहिर नल्याइएको उनले बताए।’निर्मला पन्तको हत्याको अनुसन्धान गरी तथ्यको नजिक सरकार पुगेको छ। अनुसन्धानको प्रक्रिया बाहिर ल्याउँदा अपराधी भाग्न सक्ने भएकाले पनि अनुसन्धान को अवस्था बाहिर नल्याइएको हो’ गृहमन्त्री खाँडले भने, ‘प्राप्त सूचना हेर्दा सत्य तथ्य छिट्टै पत्ता लाग्छ।’

भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। तर उनको हत्यामा संलग्न अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। २०७५ साउन १० गते हराएकी पन्तको ११ गते शव भेटिएको थियो। पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि नै हत्या भएको पुष्टि भएको थियो।

Pachinko Crazy Timejak hrát demoCash Hunt ItaliaCash Hunt EspañaCrazy Time RTP infolive Crazy Time UKRoyal Reels NZATG app download
  • Facebook
  • Twitter
  • LinkedIn
  • More Networks
Copy link
Powered by Social Snap